नेपाली क्रिकेट टोली आज हङकङ जाँदै

0

अशोज २४, वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हङकङविरुद्ध आगामी शुक्रबार र आईतबार हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । १४ खेलाडी र ४ अफिसियल सहितको नेपाली टोली राती १०:५५ बजे हङकङ प्रस्थान गर्ने नेपाली टोलीका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो । ८ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल छैंटौं स्थानमा छ । शीर्ष चारमा रहँदै आसन्न विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेल जित्नैपर्ने दवाब छ । १० खेलको समाप्तिमा ४ जित र ६ हार सहित नेपालको ८ अंक छ । समान खेलबाट ११ अंक जोडेको हङकङ तालिकाको पाँचौ स्थानमा छ । हङकङसंगको २ खेलपछि नेपालले युएईसंग तटस्थ भुमिमा २ प्रतिस्पर्धा गर्नेछ । यसैबीच नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले टोली सन्तुलित र मानसिक रुपमा समेत फिट रहेकाले हङकङविरुद्ध जित निस्कनेमा आफु आशावादी रहेको बताउनुभएको छ ।प्रशिक्षक टमाटाले केन्याले नेदरल्याण्ड्सलाई हराएकाले केही दवाब थपिए पनि टोलीले उत्कृष्ट खेल खेल्ने दावी गर्नुभयो । तयारी राम्रै भएको तथा ब्याटिङमा पनि समस्या नरहेको दावी गर्दै हङकङबाट अंक लिएर फर्कने उल्लेख गर्नुभयो । मैदानको अवस्था हेरी प्लेईङ सेटमा केही परिवर्तन हुने संकेत गर्दै उहाँले उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई नै ओपनरका रुपमा प्रयोग गर्ने जानकारी दिनुभयो ।

Share.

Leave A Reply