play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपालीहरु नकारात्क सोच बढी भएको नागरिक हुन:निखिल उप्रेती

0

साउन ४ – साउन १३ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली सिनेमा ‘रुद्र’का निर्माता तथा कलाकार निखिल उप्रेतीले नेपालीहरुलाई नकारात्क सोच बढी भएको नागरिक भनेर आक्रोश पोखेका छन् । ‘कमिटमेन्ट सिक्स्टी आवर’को सुटिङमा व्यस्त रहेका नायक निखिलले नेपालीहरु ज्यादा निन्दा अर्थात आलोचना गर्न समय धेरै फाल्ने भन्दै नागरिकता दिँदा पछाडि नेगेटिभ सोच भनेर नै लेखिदिए हुन्छ भनेका छन् ।
नेपाली चलचित्रका बारेमा राम्रो भन्दा ज्यादा नराम्रो भन्ने र लेख्ने परिपाटी देखिएको भन्दै उनले हामी सकारात्मक हुन जरुरी रहेको बताएका छन् । नेपाली चलचित्र बीच नै प्रतिस्पर्धा हुनु, विदेशी सिनेमा रातको १२ वजे सेन्सर बिना नै पास गर्नु र विदेशी सिनेमा हेरेर नेपाली कलाकारलाई झारे कलाकार भनेर गाली गर्ने दर्शकहरुप्रति कटाक्ष गर्दै नेगेटिभ सोच भएका नागरिक भनेर निखिलले आक्रोश पोखेका छन् ।

Share.

Leave A Reply