play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

0

२५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ ।

ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भन्नुभयो, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको छ । अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि उयुक्त अवसर छ ।”
नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्ग’मा सम्झौता भइसकेको उल्लेख गर्दै उहाँले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताउनुभएको उहाँका प्रेस संयोजक हरि लामिछाने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री महराले उपुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामी रुपमा सहकार्य गरेर जान चाहेको स्पष्ट पार्नुभयो । जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी उहाँले दिनुभयो ।

चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गर्नुभयो । नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उहाँले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गर्नुभयो ।

Share.

Leave A Reply