play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

नेपालमा रोहिंग्या शरणार्थीको संख्या ६ सय ५०ः गृह

0

भदौ २९,
म्यानमारबाट भागेर नेपाल प्रवेश गरेका रोहिंग्या शरणार्थीको संख्या ६ सय ५० रहेको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये कसैले पनि शरणार्थीको दर्जा पाएका छैनन् ।
नेपालले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको दर्जा दिएको छ । अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई ‘शहरी शरणार्थी’को संज्ञा दिइने गरेको छ । तथापि, त्यो नेपाल सरकारको नभई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर)ले दिएको संज्ञा हो ।
नेपाल सरकारले त्यस्तो संज्ञा नदिन युएनएचसीआरलाई आग्रह गर्दै आएको छ ।
रोहिंग्याको उक्त संख्या पनि युएनएचसीआरको नेपाल कार्यालयले उपलब्ध गराएको हो, गृह मन्त्रालयलाई । मन्त्रालयका एक अधिकारीका अनुसार सरकार आफैंले यहाँ बसिरहेका रोहिंग्या शरणार्थीबारे कुनै अध्ययन गरेको छैन ।
अहिले मानवीय आधारमा मात्र उनीहरुले नेपालमा शरण पाइरहेका छन् । नेपाल सरकारले सोही आशयको ‘मनसाय पत्र’ उनीहरुका हकमा दिने गरेको छ ।
स्वदेशमा चर्को विभेद र अत्याचारबाट विरक्तिएका उनीहरू कठिन समुद्री यात्रापछि थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया पुग्छन् । समुद्री यात्राको जोखिम उठाउन नसक्नेहरू बंगलादेश हुँदै भारत र नेपालसम्म पनि पुग्ने गरेका छन् ।

Share.

Leave A Reply