play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

निर्वाचन खर्चबारे दलहरुसँग आयोगको छलफल

0

भदौ २९,
राजनीतिक दलहरुले निर्वाचन खर्च बढाउने पक्षमा आफूहरु नरहेको बताएका छन् । राजनीतिक दलहरुले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन खर्च व्यवहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न निर्वाचन आयोगलाई सुझाव पनि दिएका छन् ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको खर्च निर्धारणको विषयमा सुझाव लिन आज छलफल कार्यक्रम आयोजना गरेको हो । छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचनको खर्च बढाउनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नुभयो ।
जनसंख्या, भौगोलिक अवस्था आदिलाई पनि ध्यानमा राखेर निर्वाचनको खर्चको सीमा तोक्नुपर्ने उहाँको सुझाव छ ।
नेकपा एमालेका नेता अग्नी खरेलले निर्वाचन खर्चलाई व्यवहारिक र स्वभाविक बनाउन निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।
निर्वाचन आयोगले भने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि १४ लाख खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजना र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार राजनीतिक दलहरुकै सुझावको आधारमा खर्च निर्धारणको कामलाई टुंगोमा पुर्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

Share.

Leave A Reply