निर्वाचन आयोगले सुरक्षा रणनीतिबारे सुुरक्षा निकाय प्रमुखसंग आज छलफल गर्दै

0

असोज २६,
निर्वाचन आयोगले संघ र प्रदेशसभा निर्वाचन केन्द्रीत सुरक्षा रणनितिबारे ४ वटै सुुरक्षा निकाय प्रमुखसंग आज छलफल गर्दैछ । छलफलका लागी नेपाली सेना, प्रहरी, शसस्त्र, र राष्ट्रिय अनुसान्धान बिभाग तथा गृहमन्त्रालयका उच्च अधिकारीलाई बोलाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कान्तिपथस्थित आयोगको परिषरमा अपरान्ह हुने छलफलमा निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल हुने ढकालले बताउनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखले मुलुकको सुरक्षा अवस्था र चुनावी रणनीतिक कार्ययोजनाबारे आयोगलाई जानकारी गराउने ढकालले बताउनुभयो । मंसिर १० र २१ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागी गृहमन्त्रालयले यसअघिको स्थानीय तह निर्वाचनमा जस्तै तीन तहको सुरक्षा योजना तयार पारेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले संघ र प्रदेशसभा निर्वाचनका लागि भन्दै ९८ हजार म्यादी प्रहरीको आबेदन यसअघि नै खुलाइ सकेको छ ।

Share.

Leave A Reply