play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नारायणी सामुदायिक अस्पतालमा निशुल्क स्वास्थ परिक्षण

0

असार ३० ,नारायणी सामुदायिक अस्पतालले स्थापनको १२ औं वर्ष प्रवेशको अवसर बिरामीहरुको निशुल्क स्वास्थ परिक्षण गरेको छ / निःशुल्क ओपीडी जांचमा ५ सय ६९ जना बिरामीले सेवा लिएका छन् ।

सेवा लिनेहरुमा चितवन,तनहु, गोर्खा, नवलपरासी, हेटौडा, लगायतका स्थानको रहेको अस्पतालले जनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर चिकित्सकको ओपीडी टिकट निःशुल्कसंगै विभिन्न परिक्षणमा ५० प्रतिशत छुट दिइएको थियो ।
यसैबिच अस्पतालले वार्षिकोत्सवकै अवसर पारेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । सो क्रममा ३५ जना पुरुष र २८ जना महिला गरि ६३ जनाले रक्तदान गरेका थिए ।

Share.

Leave A Reply