play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबीसै घण्टा सञ्चालन

0

भदौ २८ – दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आजदेखि नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालन भएको छ ।विस्तारका क्रममा रहेकोे सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको थियो ।मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रातको समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको पमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उहाँले बताउनुभयो ।यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको छ । राजधानीबाट दशंै, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ ।

Share.

Leave A Reply