नारायणगढमा संरक्षण’को रेडकार्पेट प्रिमियर हुने

0

राजनीतिक कथावस्तुलाई आधार बनाइएको फिल्म ‘संरक्षण’को चितवनमा रेडकार्पेट प्रिमियर हुने भएको छ । सौगात मल्ल र निखिल उप्रेती स्टारर फिल्म आगामी साउन २५ गते लक्की मिडिया हाउस चितवनको आयोजनामा प्रिमियर हुन लागेको हो । यो फिल्म साउन २७ बाट अल नेपाल रिलिज हुँदैछ ।

फिल्म क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा प्रिमियर गरिने मिडिया हाउसका हरि कार्की ‘लक्की’ले बताए । नेपाली फिल्म क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना फिल्महरुको प्रचारप्रसार र फिल्म क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा फिल्मलाई देखाउन लागिएको कार्कीले जनाए । शोमा फिल्मका कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिनेछ ।

फिल्मको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिए । पुर्णेन्दु झाको निर्देशनमा रहेको फिल्ममा निखिल र सौगातसँगै मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, नन्दु श्रीवास्तव र राज कटुवाललगायतको अभिनय रहने छ । फिल्ममा प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ । रमेश रञ्जन र पुर्णेन्दु झाको पटकथा रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत छ ।

Share.

Leave A Reply