play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नायक आर्यन सिग्देल र अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ को फस्टलुक सार्वजनिक

0

९ साउन– नायक आर्यन सिग्देल र अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ को फस्टलुक सार्वजनिक भएको छ ।चलचित्रको फस्ट लुकमा रेखा थापा र आर्यन सिग्देललाई देख्न सकिन्छ । पोस्टरमा एउटा छातासमेत बिम्बात्मक रूपमा देखाइएको छ । रेखाले आर्यनको हात समाएकी छिन् ।रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सरस्वती थापा र आर्यन फिल्मस् निर्माताका रुपमा रहेका छन् । चलचित्रलाई सञ्जय लामाले खिचेका छन् भन् सुरेश अधिकारी, अर्जुन अधिकारी, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत छ ।चलचित्र कार्तिक २ गतेबाट देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।

Share.

Leave A Reply