play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

नयाँ बिधान पारित गर्न क्यानको विशेष साधारणसभा आज देखि सुरु

0

६ भदौ, नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न आजदेखि नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा सुरु भएको छ ।आन्तरिक विवाद चरमोत्कर्षमा पुगेसँगै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेपछि गठन गरिएको सल्लाहकार समूहले तयार पारेको बिधान पारित गराउनका लागि आजको साधारणसभा आयोजना गरिएको हो ।क्यानको निर्वाचित कार्यसमितिलाई बहिस्कार गर्दै राष्ट्रिय खेलकुद परिषदले नयाँ समन्वय समिति गठन गरेपछि क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो, फलस्वरुप नेपाली क्रिकेट निलम्बनमा परेको थियो ।आईसीसीले बिधानबारे छलफल गर्न भदौ १० गतेसम्मको अवधी दिएको थियो । समयसीमाभित्रै क्यानले बिधान स्वीकार गरेपनि साधारणसभाले बिधान पारित गराउने सम्भावना न्यून छ ।किनभने आईसीसीलाई विधान ड्राफ्ट गर्दा नै निर्वाचित कमिटीका पदाधिकारीले असन्तुष्टी राखेका थिए । अहिले जिल्ला र क्षेत्रका पदाधिकारीले पनि विधानको २३ नम्वर बूँदामा असन्तुष्टी जनाएका छन् ।
यस बुँदामा संघको सदस्यताबारे उल्लेख छ । जहाँ क्रिकेट खेलाडीलाई सदस्यता दिन तीन वर्षको बीचमा क्यान तथा राखेपले आयोजना गरेको कम्तिमा तीन राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने, रेफ्रीको हकमा एसीसी र आईसीसीको एक श्रेणीको प्रमाणपत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै सदस्यता शुल्कमा पनि व्यक्तिगततर्फ १ हजार र संंस्थागत तर्फ ५ हजार तोकिएकोमा पनि प्रतिनिधिले बिरोध जनाएका छन् ।केन्द्रीय कार्यसमितीले बढीमा तीन संस्थागत प्रतिनिधिलाई केन्द्रीय साधारण सभामा मताधिकार विना परिवक्षेकका रुपमा भाग लिन पाउने विषयमा राष्ट्रिय खेलकुद परिषदका साथै कार्यसमितीका केहि पदाधिकारी असन्तुष्ट छन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले साधारणसभाले विवाद समाधानसँगै क्यानको गठन गरेेर क्रिकेट विकासमा लाग्न आहृवान गरे ।

Share.

Leave A Reply