दुबईमा मृत्यु भएकी कल्पनाको सब चितवन आयो

0

असोज २७। युएईको दुवईमा रहस्यमय मुत्यु भएका रत्ननगर ६ बछौलीका एक दम्पत्ती मध्ये श्रीमतिको सव शुक्रवार नेपाल आएको छ । अपराहन्न १२ बजे नेपाल आएको सबलाई आज नै चितवन ल्याईएको थियो । बैदेशिक रोजगारीको लागि दुवई भएका परशुराम सापकोटाले आन्तरिक कलहका कारण श्रीमति कल्पनाको हत्या गरी आफु पनि आत्महत्या गरेका थिए । मुत्यु भएको डेढ महिना पछि श्रीमति कल्पना सापकोटाको सव नेपाल आईपुगेको हो । कल्पनाको सब शुक्रवार दुवईको एयर अरेविया नामक जहानमा अपराहन्न १२ बजे सब काठमाडौं आईपुगेको हो । श्रीमान परशुराम सापकोटाको सब भने तीन दिन पछि आउने जानकारी दुवईबाट परशुरामका बुवा मोती सापकोटाले जानकारी दिए ।
कल्पनाको सवलाई शुक्रवार नै चितवन ल्याएर देबघाटमा दाहसंस्कार गरिएको छ । भदौं १० गतगे बेलुका दुवई स्थित आफ्नै कोठामा श्रीमान पशुरामको लास झुण्डिएको अवस्थामा र श्रीमती कल्पनाको घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो । बैदेशिक रोजगारीको लागि कल्पना ३ वर्ष पहिले युएई गएकी थिईन । कल्पनाले नै भिसाको व्यवस्था मिलाए पछि परशुराम केही समय अघिमात्रै युएई गएका थिए । कल्पना अलशाया कम्पनीको दुवई मलमा रहेको चिजकेक फ्याक्ट्री नामक रेस्टुरेन्टमा काम गर्थिन । परशुराम होटलमा कुक सहयोगीको काम गर्दै आएका थिए । श्रीमानश्रीमति बीचको खटपट झाङगिदै गएपछि त्यसले हत्या र आत्महत्याको रुप लिएको हो । सापकोटा दम्पत्तीको दुई छोरा छन् ।

Share.

Leave A Reply