दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदो

0

अशोज २५, दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदै गएको छ ।तर पछिल्लोस समय फुलमा देखिने रोगले किसानहरु चिन्तित भएका छन् । डेढ विगाहा क्षेत्रमा सयपत्री फुल खेती गर्दै आएपनि फुलको माग उच्च भए पनि व्यवसाय व्यवस्थित हुन नसकेको सयपत्री फुल खेति समुहका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले बताउनुभयो ।आज भरतपुर ७ कृष्णपुरमै पत्रकारसगँको अन्तरक्रियामा अधिकाशं किसानले खेति बैज्ञानिक हुन नसकेको बताएका थिए । सो क्षेत्रमा उत्पादित फुलले पहिलो वर्षमा २१ लाख आम्दानी गर्ने अनुमान गरिएको समुहका अध्यक्ष श्रेष्ठले बताउनुभयो । तर माग उच्च रहको समुहकी उपादध्यक्ष गोमा वरालले बताउनुभयो ।
पश्चिम चितवनमा उत्कृष्ट सयपत्री फुल खेती गर्दै आएको सो समुहलाई जिल्ला कृषि विकास कार्यालय चितवनले एक लाख विस हजार अनुदान दिए पनि सो रकम त्यति पर्याप्त नरहेको समुहले जनाएको छ । व्यवस्थित बजारको अभाव, टनेल समस्या, आकस्मिक रुपमा देखिने समस्याले खेतिगर्न असहज भएको समुहका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।उपस्थित पत्रकारहरुलाई सम्वोधन गर्दै उहाँले सयपत्री फुल मात्रै होईन अव अन्य फल खेति पनि गर्ने बताउनुभयो ।

Share.

Leave A Reply