दशैंमा इन्धन अभाव नहुने नेपाल आयल निगमको प्रतिबद्धता

0

अशोज ११, नेपाल आयल निगमले दशैंको अवधिमा इन्धन अभाव नहुने प्रतिबद्धता जनाएको छ । पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले आपूर्ति सहज हुने निगमको भनाइ छ ।निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यका अनुसार निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको छ ।निगमले मुलुकभरका विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको बताएको छ ।
हालको भण्डारण क्षमतालाई अधिकतम प्रयोग गरेर इन्धन मौज्दात गरिएको निगमको भनाइ छ । हाल निगमको भण्डारण क्षमता पेट्रोलको पाँच हजार एक सय ८४, डिजेलको ४२ हजार चार सय, मट्टितेलको १५ हजार ६ सय १९ र हवाइ इन्धनको आठ हजार चार सय ४७ किलोलिटर छ ।विराटनगर, चारआली, भद्रपुर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज र काठमाडौंमा निगमका डिपो छन् । यस्तै, मन्थली, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, दिपायलमा पनि डिपो छन् ।अहिले मुलुकभर डिजेलको माग दैनिक करिब दुई हजार किलोलिटर छ । पेट्रोलको ६ हजार, मट्टितेलको ८८ र हवाई इन्धन आठ सय ८० किलोलिटर माग छ ।खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ ।

Share.

Leave A Reply