play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

थारू महिलाहरुले धुमधामका साथ जितिया पर्व मनाउँदै

0

भदौ २८ – थारू समुदायका महिलाहरुको महान् पर्व जितिया आज विविध कार्यक्रम गरी मनाइदै छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन ।यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् ।पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।आजको दिन थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्दछन भने माइती जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट भएर शुभकामना आदानप्रदान गरी जितिया मनाउने गर्दछन ।जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामना संगै परिवार कल्याण पनि रहेको धारणा पाइन्छ ।

Share.

Leave A Reply