play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

त्यो बेलाको माधुरी दीक्षित !

0

माधुरी दिक्षित बलिउडकी त्यस्ती मोहिनी नायिका हुन् हर कोही उनको फ्यान छन् । माधुरीको सुन्दरता, बेजोड अभिनय र हाउभाउको प्रशंसा नगर्ने सायदै कम बलिउडप्रेमी होलाने । ‘धक धक गर्ल’ को नामबाट चर्चित माधुरी दिक्षित ९० को दशकमा बलिउडकी टप हिरोइन थिइन् । उनको प्रसिद्धिको बराबरीमा हालै कोही हिरोइन पुगेका होलान् ।

उनको यो प्रसिद्धीकै कारणले पनि चलचित्र ‘हम आपके हैं कौन’ का लागि उनले सलमान खानभन्दा बढी पारिश्रमिक लिएकी थिइन् । मिडिया रिपोर्टका अनुसार माधुरी माधुरीलाई राजश्री प्रोडक्सन्सको यो फिल्मका लागि झण्डै २.७५ करोड पारिश्रमिक दिइएको थियो । त्यस क्रममा कुनै पनि हिरोइन त्यतिका पारिश्रमिक पाउँदैन थिए ।

दिनप्रतिदिन माधुरीको लोकप्रियता बढिरहेको थियो । यो लोकप्रियतालाई बृद्धि गर्नका लागि उनलाई चलचित्रमा लिन चाहान्थे । एक निर्देशकलाई त माधुरीले एक वर्षसम्म पर्खाइन् । माधुरीसँग ती निर्देशकसँग काम गर्न फुर्सद थिएन । तर ती निर्देशकलाई माधुरीसँगै काम गर्नु थियो, उनले वर्षौँसम्म पनि पर्खे ।
९० को दशकमा माधुरी एकपछि अर्को कयौँ हिट फिल्म दिइरहेकी थिइन् । उनले ‘साजन’, ‘बेटा’, ‘खलनायक’, ‘हम आप के हैं कौन’, ‘राजा’, ‘दिल तो पागल है’, ‘लज्जा’ र ‘देवदास’ जस्ता कयौँ हिट फिल्म दिइन् । जुही चावला र माधुरीको लोकप्रियताका कारण उनीहरूमा फाटो आयो । र, सँगै काम सम्म गरेनन् तर चलचित्र ‘गुलाब ग्याङ’ का क्रममा दुवैको मतभेद अन्त्य भयो ।
माधुरीले विवाहपछि चलचित्रबाट विदा लिइन् । त्यतिबेला उनी आफ्नो करियरको शीर्षस्थानमा थिइन् । केही वर्षपछि उनले चलचित्र ‘आजा नचले’ बाट चलचित्रमा पुनरागमन गरिन् तर सफल भइनन् । बीचमा माधुरीले टीभीमा पनि काम गरिन् । केही रियलिटी शोको निर्णायक बनिन् । अहिले उनी आफ्नो अनलाइन डान्स एकेडेमी चलाउँदैछिन् । उनका श्रीमान् श्रीराम नेने अमेरिकाका चर्चित कार्डियोलजिस्ट छन् ।

Share.

Leave A Reply