play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

तीन दिनदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासी दाउन्ने सडक दिउँसोबाट सञ्चालनमा

0

साउन २९ । तीन दिनदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासी दाउन्ने सडक दिउँसोबाट सञ्चालनमा आएको छ ।बुटवल–नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ किलोमिटर दुरीमा पर्ने दाउन्ने पहाडका करिब ७ भन्दा बढी स्थानमा गएका पहिरो हटाएसँगै राजमार्ग सुचारु भएको हो । जसमा एसमोडमा ३५ मिटर सडक भाँसिएको थियो ।शुक्रबारदेखि सयौं सवारीसाधन र हजारौं यात्रुहरु अलपत्र बनेका थिए । विभिन्न स्थानमा गएको पहिरोलाई हटाउँदै भासिएको सडक छेउबाट वैकल्पिक मार्ग बनाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।पानी परिरहेकाले सवारीसाधन सञ्चालनमा कठिनाई भएको र सजगताका साथ एकतर्फी रुपमा आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply