play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

डा. केसी बाढी पीडितको उपचारका गर्न सप्तरी जाने

0

भदौ ०८,
स्वास्थ्यमा सुधार आएपछि डा. गोविन्द केसी बाढी पीडितको उपचारका लागि आज सप्तरी जाने हुनुभएको छ । लामो अनसनपछि बाढी पीडितको उपचारमा जाने तयारी गरेका डा. केसीको पेटमा समस्या देखिएपछि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । आज दिउँसो सप्तरी पुगेपनि भोलीबाट मात्र स्वास्थ्य शिविर सञ्चालन गर्ने डा. केसीले बताउनुभयो । उहाँ सप्तरीको कञ्चनपुरका बाढी पीडितको उपचारमा तीन दिनसम्म संग्लन्न रहनु हुनेछ । नौ दिनको उपचारपछि डा. केसी हिजो अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । ११ औं पटक अनसनमा बसेका डा. केसीले साउन ३१ गते देश विषम परिस्थितिमा रहेको भन्दै २३ दिन लामो अनसन स्थगित गर्नु भएको थियो । आफ्ना मागप्रति सरकार अझै पनि संवेदनशील नरहेको भन्दै उहाँले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज तथा अन्य माग सम्बोधन गर्न एक हप्ताको अल्टिमेटम दिने बताउनुभयो । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पुरा नभए पुनस् सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी छ ।

Share.

Leave A Reply