play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

जेसीज कपमा उपाधिका लागि आज एपीएफले मनाङ मस्र्याङदिको सामना गर्ने

0

भदौ २६ । नारायणगढ क्याम्पचौरमा जारी ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ को उपाधिका लागि आज विभागीय टिम एपीएफले मनाङ मस्र्याङदि क्लबको सामना गर्ने भएको छ खेल आज दिउसो ३ बजेबाट शुरु हुनेछ सेमिफाइनलमा विजय यूथ क्लव हेटौडालाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङदि क्लव फाइनलमा प्रवेश गरेको थियो भने सुदुर पश्चिमाञ्चल ११ लाई ३-० गोल अन्तरले पराजित गर्दै विभागीय टिम एपीएफ पनि फाइनलमा प्रवेश गरेको थियो।
१० टिम सहभागी प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन् ।

Share.

Leave A Reply