play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

जेसिज कपको उपाधी मनाङले जित्यो, एपिएफ २–१ ले पराजित

0

भदौ २६,
प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधी मनाङ मस्र्याङ्दी क्लवले जितेको छ । नारायणगढको क्याम्पाचौरमा आज भएको फाईनलमा विभागिय टिम शशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी मनाङले उपाधी जितेको हो ।
मनाङले पहिलो हाफमा दुई शुन्यको अग्रता लिएको थियो । एपिएफले पहिलो हाफमा गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन् । मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । दोश्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एपिएफका लागि १९ औं मिनेटमा हरी कार्कीले सान्त्वना गोल गरे । दोश्रो हाफमा पनि एपिएफले धेरै अवसर पाएको थियो । तर गोलको दिसा दिन नसक्दा मनाङलाई उपाधी सुम्पेको हो ।
उपाधी विजेता मनाङले नगद ३ लाख ५० हजार रुपैया पाएको छ । उपविजेतामा चित्त वुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो । विजेता उपविजेतालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीले पुरस्कार प्रदान गरे ।

खेलमा एपिएफका हरी कार्की प्लेयर अफ दि म्याच घोषित हुदै नगद ५ हजार पाए । प्रतियोगिताको प्लेयर अफ दि सिरिज मनाङका सुजल श्रेष्ठले प्राप्त गरे । उनले नगद १० हजार संगै धेरै गोलकर्ताबाट थप १० हजार प्राप्त गरे । उत्कृष्ठ गोलकिपर मनाङकै दिनेश थापा घोषित भए । उनले पनि नगद १० हजार पुरस्कार पाए । उत्कृष्ट टिम घोषित झापा ११ ले नगद १० हजारनै प्राप्त गर्यो । गत १७ गतेदेखी सुरु भएको प्रतियोगितामा दुई विभागिय सहित १० टिमको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply