play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

जुवा खेल्दै गर्दा चितवनमा गएराती २१ जना पक्राउ

0

भदौ २८, चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जुवा, तास नियन्त्रण अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत गएराती ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेष्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर एक सय र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

Share.

Leave A Reply