जिल्ला समन्वय समितिमा एमाले पक्षधर विजयी

0

असोज २५, जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा (एमाले)का कृष्णकुमार डल्लाकोटी निर्वा्चित हुनुभएको छ । आज भएको जिससको निर्वाचनमा नेपाली काँग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वा्चित हुनुभएको हो । डल्लाकोटीले ११ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी अधिकारीले तीन मत ल्याउनुभएको थियो । उपप्रमुखमा पनि एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी हुनुभएको छ । काँग्रेसकी टीका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । उहाँले ११ मत प्राप्त गर्दा दाहालले तीन मत प्राप्त गर्नुभएको थियो । जिससको नौ सदस्यीय समितिमा निर्वा्चित सबै एमाले पक्षधर हुन् । समितिमा निर्वा्चित सदस्यहरू खिलाकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, गुनु विक, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरङ र चूडामणि महतो हुनुहुन्छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको सातवटा तहको प्रमुख, उपप्रमुखमध्ये नौजना एमालेका तर्फबाट विजयी भएका थिए भने काँग्रेसका तीन जना र माओवादी केन्द्रका दुईजना विजयी भएका थिए ।

Share.

Leave A Reply