‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ एकसाथ प्रदर्शनमा

0

११ असोज, फूलपातीको अवसर पारेर आज दुई फिल्म एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन्। ‘६क्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ एकसाथ प्रदर्शनमा आएका हुन्।दिपा श्री निरौला निर्देशित ‘६क्का पञ्जा – २’ र रोज राणा निर्देशित ‘मेरो पैसा खोइ’ एकैसाथ रिलिज हुनुसँगै केही समानता भएका फिल्म छन्। दुवै फिल्म कमेडि जनरामा निर्माण हुन् लागेका छन् भने अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङ पनि दुवै फिल्ममा दोहोरिएका छन्।
फिल्म ‘६क्का पञ्जा – २’ मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल,केदार घिमिरे, शिवहरी पौड्याल लगायतको अभिनय छ। ‘मेरो पैसा खोइ’ मा वर्षा राउत, सौगात मल्ल, बुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।फिल्म ‘६क्का पञ्जा – २’ देशका झण्डै एक सयभन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको छ। उता दर्जनभन्दा बढी हलमा आजबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो पैसा खोइ’ भने उपत्यका बाहिर असोज २० गते मात्र प्रदर्शनमा आउने भएको छ।

Share.

Leave A Reply