चिलीमा शक्तिशाली भूकम्प गयो,क्षतिको विवरण आउन बाँकी

0

अशोज २४, चिलीको उत्तरी भागमा आज शक्तिशाली भूकम्प गएको छ ।स्थानीय समयअनुसार आज बिहान पेरुसँगको सीमा नजिक रहेको तारापाका क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु जमिनभन्दा ८२ किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।यसबाट करिब २० लाख मानिस प्रभावित हुने बताइएको छ ।क्षतिको विवरण आउन बाँकी छ ।केही समयअघि मेक्सिकोमा शक्तिशाली भूकम्प गएको थियो ।

Share.

Leave A Reply