play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

चिनी उद्योगबाट विद्युत् खरिद गर्ने सम्झौता

0

भदौ २६,
मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ ।
विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
एभरेष्टले आफ्नो उद्योगदेखि १२ किमी दूरीमा रहेको औरही सबस्टेसन र इन्दु शंकरले १५ किमी दूरीको हरिपुर सबस्टेसनमा विद्युत् उपलब्ध गराउने भएका छन् । एभरेष्टले मंसिर १५ गतेदेखि चैतसम्म ८१ लाख किलोवाट आवर र इन्दुशंकरले पुसदेखि चैतसम्म र ८६ लाख ४० हजार किलोवाट आवर विद्युत् उपलब्ध गराउने विवरण पेश गरेको महानिर्देशक सिंहको भनाइ छ ।
मन्त्रिपरिषद्को २०७२ जेठ १४ गतेको निर्णयअनुसार चिनी उद्योगबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने निर्णय भए बमोजिम सम्झौता भएको हो ।

Share.

Leave A Reply