play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि

0

साउन २३, चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्लो आवमा १०९ जनामा रोग देखिएकामा चारजनाको मृत्यु भएको थियो ।यो आव लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो । उहाँले जिल्लामा साउन महिनाको अहिलेसम्म २६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिनुभयो ।सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ ।यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिनुभयो । चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ ।
यसैबिच चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एचवान एनवानका सयजना बिरामी भेटिएका छन्।जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एचवान एनवान फेला परेको जानकारी दिनुभयो ।भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताउनुभयो ।उहाँले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो ।स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनाइ छ ।रासस

Share.

Leave A Reply