play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

चितवनका नदी तथा खोलाहरुमा पानीको तह बढ्दै, सचेतना अपनाउन जरुरी

0

सुर्य नेपाली,
सिनर्जी समाचार कक्ष,
साउन २८,
अविरल परेको वर्षासँगै चितवनका विभिन्न स्थानमा बग्ने नदी तथा खोलाहरुमा पानीको तह बढ्दै गइरहेको छ । नारायणी नदीको पानीको तह अहिले बढ्दै गईरहेको छ । वर्षा जारी रहेकाले अहिले नारायणी नदीको पानीको तह बढ्दै गईरहेको हो । अहिले नारायणी नदीको पानीको तह ६.१० मिटर पुगेको छ । यो नदीको पानीको तह ७.३ मिटर पुग्यो भने चेतावनीको तह मानिन्छ भने ८.४ मिटर पुग्दा खतराको तह मानिन्छ । नदीको तह बढ्दै गईरहेकाले त्यस वरपर वसोवास गर्ने स्थानियले सचेतना अपनाउन जरुरी छ ।
यस्तै
माडी क्षेत्रमा बग्ने रिउ खोलाको तह हिजोको बाढी पछि नियमित घट्दो क्रममा भएको भएपनि अहिले पुनः बढ्न थालेको छ । आज दिनभर परेको अविरल वर्षासँगै त्यहाँको सो रिउखोलाको पानीको तह बढ्दै गएको हो । रिउखोलामा पानीको तह २.५४ पुगेको छ । सो खोलामा पानीको तह ३.४ मिटर हुँदा चेतावनीको संकेत दिईन्छ भने ३.८ मिटर हुँदा खतराको संकेत दिईन्छ । यो खोलाको पानीको तह पनि बढ्दो क्रममा भएकाले सो आसपासमा बस्ने माडी नगरपालिकाका १, २, ३, ४ र ६ नम्बर वडा लगायत क्षेत्रका बासिन्दा सचेत हुनुपर्ने देखिन्छ । माडीमा रिउखोलमा हिजो आएको बाढीका कारण सयौं घर डुबानमा परेका थिए ।

यस्तै
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि बाटो अवरुद्ध छ । लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै सवारी सञ्चालन आज रातभरका लागि रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । सो सडक खण्डको पाँचकिलोमा खसेको पहिरो ठुलो भएकाले पन्छाउन समस्या भएको र भोली सम्म पन्छाएर सडक सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । यता वर्षाका कारण भरतपुर माडी जोड्ने सडक पनि अवरुद्ध भएको छ ।
उता
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि यातायात अवरुद्ध छ ।

Share.

Leave A Reply