चालु बर्षमा राष्ट्र बैंकले साढे १ खर्ब आन्तरिक ऋण उठाउने

0

साउन १९,
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विभिन्न मौद्रिक उपकरणबाट १ खर्ब ४५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७४र७५ का लागि उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकले पहिलो त्रैमाशिकमा ३२ अर्ब ५४ करोड, दोस्रोमा ४६ अर्ब ६१ करोड १३ लाख , तेस्रोमा ४५ अर्ब ८८ करोड ८६ लाख र चौथो त्रैमाशिकमा १९ अर्ब ९६ करोड ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ट्रेजरी बिलबाट ४५ दशमलव ५१ प्रतिशत अर्थात ६६ अर्ब, विकास ऋणपत्रबाट ४९ दशमलव ६६ प्रतिशत अर्थात ७२ अर्ब, नागरिक बचतपत्रबाट ४ दशमलव १४ प्रतिशत अर्थात ६ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट ० दशमलव ६९ अर्थात १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ ।

Share.

Leave A Reply