play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

0

साउन ७, सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले पछिल्लो समय चितवन चलचित्र छायांकनको गन्तव्य बन्दै गएको छ ।अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी बस्ती र आदिवासी जनजातिको संस्कृति झल्कने आवासीय क्षेत्र तथा कृत्रिम र प्राकृतिक छटाले भरिपूर्ण चितवन चलचित्र नगरी बन्ने संभावना छ । राजधानी काठमाडौँबाट छोटो यात्रामा आइपुगिने चितवन बसोबासको दृष्टिले पनि कम खर्चिलो मानिन्छ । त्यसो त चलचित्रले चाहेजस्ता रुप र रङका सहायक कलाकार पाउन पनि चितवनमा सहज छ । सहयोगी भावनाका चितवनवासी चलचित्र निर्देशकका लागि अर्काे रोजाइको स्थान बनेको छ ।
भूगोलको हिसाबले राजधानीबाट नजिक, खर्चको हिसाबले सस्तो, खोजे जस्तो दृष्य र कलाकार पाइने भएकाले चितवन धेरैको रोजाइमा पर्ने गरेको चलचित्र निर्देशक संघ नेपालका पूर्वअध्यक्ष विमल पौडेलको भनाइ छ ।गत आवमा ‘छयहत्तरौँ जिल्ला’ चितवनमा ‘निर्भय’, ‘रुद्र’, ‘राधे’, ‘पिँजडा ब्याक अगेन’, ‘बाबु–कान्छा’, ‘ब्वाइफ्रेन्ड’, ‘पर्शुराम’, ‘लुट २’, ‘म यस्तो गीत गाउँछु’, ‘बटरफ्लाई’, ‘सुपर गोर्खे’, ‘लम्फू’, ‘सिक्का’लगायत चलचित्र छायांकन भएको बाबुकान्छाका निर्माता रवि अधिकारीले बताउनुभयो ।नेपालमा वार्षिक करिब दुई सय चलचित्र छायांकन हुने अनुमान छ । तीमध्ये १२० जति प्रदर्शन हुने बताइएको छ । पौडेलका अनुसार झण्डै पूर्ण हिस्सादेखि केही भागसम्म चितवनमा चलचित्र छायांकन हुने गरेको छ ।चितवन जिल्लाका नारायणी र राप्ती नदी किनार, देवघाट, नारायणीको पुल, सौराहाका हात्ती सार र निकुञ्ज, , मेघौली, जगतपुर, पटिहानी, बीसहजारी ताल, राइनो ताल, थारु र दराई बस्ती, क्यान्सर अस्पताल, मेडिकल कलेजलगायत ठाउँमा धेरै मात्रामा चलचित्र छायांकन गर्ने गरिन्छ ।चलचित्र छायांकनलाई आवश्यक पर्ने ठूला होटल, भव्य आवासीय भवन, सुविधासम्पन्न स्कूल र कलेज पनि जिल्लामा उपलब्ध छन् । यसले गर्दा चलचित्र छायांकन गर्न सहज हुने गरेको निर्देशक बताउँछन् । रासस

Share.

Leave A Reply