play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

चर्चामा ‘ग्याङ्गस्टर ब्लूज’की अभिनेत्री आना शर्मा

0

भदौ ४, अभिनेत्री आना शर्मा अहिले चर्चामा छिन् । चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को कारणले उनको चर्चा चुलिएको हो । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यो चलचित्रले मल्टिप्लेक्स तथा सिंगल स्क्रिन दुबैमा सुखद ब्यवसाय गरिरहेको निर्माण पक्षको दाबी छ ।शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको कारणले चर्चा मात्र होइन, उनको ब्यस्तता पनि अहिले बढेको छ । दर्शकको प्रतिक्रिया बुझ्न उनी अहिले बिभिन्न चलचित्र भवनमा समेत पुग्ने गरेकी छन् । पोखरा र राजधानीमा बेग्ला बेग्लै प्रिमिएर गरिएको चलचित्रको सार्वजनिक प्रदर्शनबाट आफुलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले बताइन् ।जेरी चलचित्रबाट उनी अभिनयमा डेब्यु गरेकी हुन् । यो चलचित्रमा उनी अभिनेता अनमोल केसीको जोडी बनेकी थिइन् । अहिले भने डेब्यु हिरो आशिरमान देशराजको जोडी बनेकी छन् ।
चलचित्र सरोज न्यौपानेले निर्माण गरेका हुन् । प्रिमिएरमा दर्शकले दिनु भएको राम्रो प्रतिक्रियाले सार्वजनिक प्रदर्शन पनि सफल हुनेमा ढुक्क देखिएका छन् ।हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रमा उनको र आशिरमानको जोडी मन पराइएको छ । चलचित्रमा रोजिशा शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा, आरुणा कार्की लगायतको समेत अभिनय देख्न सकिन्छ ।

Share.

Leave A Reply