play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

गोर्खाल्यान्ड पक्षधर र सरकारबीच वार्ता आज

0

भदौं २७ – गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच आज वार्ता हुनेभएको छ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी हिजोनै सिलिगुडी पुगेकी छन् ।दुई साताअघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो । सिलिगुडी वार्तामा यी दुवै गुटका नेताहरूसहित गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमूल सहभागी बन्ने पक्का भएको छ ।पश्चिम बंगाल सरकारले राज्यका सबै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठनपाठन अनिवार्य गर्ने निर्णय लिएपछि गत जुलाई ८ देखि दार्जिलिङका नेपालीभाषी आन्दोलित बनेका हुन् । आन्दोलनका क्रममा ११ जनाको मृत्युभएको थियो ।

Share.

Leave A Reply