play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गोरखामा सुकुम्बासी भूकम्प पीडितका लागि संयुक्त आवास

0

साउन ०२,
आफ्नो स्वामित्वमा जग्गा जमिन र घर नभएका गोरखाका भूकम्प पीडितका लागि संयुक्त आवासगृह बन्ने भएको छ । सुकुम्बासी भूकम्प पीडितहरुका लागि पालुङटार नगरपालिकाको च्याङलीमा संयुक्त आवासगृह बनाउन लागिएको हो ।
१३० परिवारलाई बसोबासको व्यवस्था गर्न ३ वटा छुट्टाछुट्टै भवन बनाइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ । दुई वटा भवनमा ४५र४५ परिवार र एउटामा ४० परिवार बस्न मिल्ने गरी भवन बनाइने डिभिजन प्रमुख रोशन श्रेष्ठले बताउनुभयो ।
एउटा परिवारका लागि दुईवटा कोठा, भान्छा घर र शौचालयसहितको आवास उपलब्ध गराइने छ । हरेक परिवारका लागि छुट्टाछुट्टै वरण्डा पनि रहने छ । ५÷५ तल्लाका ३ वटा भवन निर्माणका लागि ठेक्का सम्झौता भैसकेको श्रेष्ठको भनाई छ । १५ करोड ५० लाख ९८ हजार रुपैयाँको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवासँग सम्झौता भैसकेको उहाँको भनाई छ ।

Share.

Leave A Reply