क्याटोलोनिया स्वतन्त्रता घोषणाले कुनै असर पर्दैनः स्पेनी प्रधानमन्त्री

0

असोज २२ । क्याटोलोनियाको स्वतन्त्रता घोषणाले कुनै असर नपर्ने स्पेनी प्रधानमन्त्री मारियन राजोएले बताएका छन् ।यस्तै गतिविधि भइरहे क्याटालन क्षेत्रको स्वायत्तता स्थगन गर्ने विषयलाई नकार्न नसकिने चेतावनी पनि उनले दिएका छन् ।यसैगरी उनले यस विषयमा कुनै पनि मध्यस्थता जरुरी नभएको र नस्वीकारिने पनि प्रष्ट गरे ।यसअघि स्पेनमा स्वतन्त्र क्याटालोनियाका लागि भएको बिबादित जनमत संग्रहपछी अखण्ड स्पेन पक्षधरले र्‍याली निकालेका छन् ।स्पेनको मड्रिडमा आयोजित र्‍यालीमा हजारौ मानिस सहभागी भए । बार्सिलोनामा पनि स्वतन्त्र क्याटलन पक्षधर र स्पेन सरकारबीच राजनीतिक वार्ताको माग गर्दै प्रदर्शन गरिएको हो ।४३ प्रतिशत मात्र जनता सहभागि गत आइतबार सम्पन्न जनमत संग्रहमा २३ लाख मत खसेको थियो ।जसमध्ये ९० प्रतिशतले स्पेनबाट क्याटालन स्वतन्त्र हुनुपर्छ भन्दै मत दिएका थिए ।स्वतन्त्र क्याटालनका लागि भएको बिबादित जनमत संग्रहपछी स्पेनमा राजनीतिक संकट चुलिँदा यसको असर अर्थतन्त्रमा पनि परेको छ ।

Share.

Leave A Reply