play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

काउटिन्होका लागि बार्सिलोनाले राखेको प्रस्ताव लिभरपुलद्वारा अस्वीकार

0

साउन २६, फिलिप काउटिन्होका लागि बार्सिलोनाले राखेको सय मिलियन यूरोको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको छ।

नेमारले क्लब छाडेपछि बार्सिलोनाले ब्राजिलका काउटिन्होलाई भित्र्याउने प्रयास गरेको थियो। लिभरपुलले काउटिन्हो बिक्रिमा नभएको भन्दै बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको हो।

सन् २०१३ मा एसी मिलानबाट ८.३ मिलियन पाउण्डमा काउटिन्हो लिभरपुल आएका थिए।

काउटिन्होले गएको सिजनमा १४ गोल गरेका थिए। तर, चोटका कारण उनी ६ हप्ता मैदान बाहिर बस्नु परेको थियो।

उनले गत जनवरीमा मात्रै लिभरपुलसँग पाँच बर्षको सम्झौता गरेका थिए।

Share.

Leave A Reply