play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

काँग्रेस चितवनले ३५ औ बिपि स्मृति दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु गर्ने

0

साउन ३ ,नेपाली काँग्रेस चितवनको आज बसेको नियमित बैठकले ३५ औ बिपि स्मृति दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साउन ६ गते परेको बिपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस चितवनले दिउसो १ बज भरतपुर अस्पतालका बिरामिहरुलाई फलफुल बितरण गर्ने, रत्ननगर नगर समितिको आयोजनामा बिहान ६ बजे रत्ननगरमा बृक्षा रोपण गर्ने र बिहान ७ बजे नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर ३ को आयोजनामा लायन्सचोक देखि पुलचोक सम्म सरसफाई गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले निर्वाचन आयोगले प्रदेश सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी सुरु गरेको मतदाता नामावली संकलनमा सबैलाई सकृयताका साथ सहभागि हुन आग्रह गर्ने र नेपाली काँग्रेसका संस्थापक नेता रामहरी जोशि र नेपाली काँग्रेस चितवनका कार्यलय सहायक तुलबहादुर गुरुङ्को निधन प्रति श्रद्धान्जलि व्यक्त गर्ने निर्णय गरेको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो ।

Share.

Leave A Reply