play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

एसिसी यु १९ एसिया कप छनोट : नेपालद्वारा थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य

0

भदौ २६ – १९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे । त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए । थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।

Share.

Leave A Reply