play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

एसिसी यु १९ एसिया कप छनोटमा नेपाल द्वारा थाइल्याण्ड २ सय ५५ रनले पराजित

0

भदौ २६ – एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो ।
नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

Share.

Leave A Reply