play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

एसिसी यु१९ इस्टर्न रिजन क्रिकेटमा भोलि नेपालले भुटानको सामना गर्ने

0

भदौ २७, एसिसी उन्नाइस वर्षमुनिको इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि भुटानको सामना गर्नेछ ।मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो ।
त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताउनुभयो ।उहाँले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा च्याम्पियन बनेर एसिया कप छनोट हुने नेपालको लक्ष्य रहेको बताउनुभयो ।त्यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भुटानका बारेमा आफू धेरै जानकार नभए पनि आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply