play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

एमाले अध्यक्ष ओलीका कारण आज प्रधानन्यायाधीश सिफारिस हुन सकेन

0

संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययनको माग गरेपछि पराजुलीको सिफारिस रोकिएको छ।न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको थियो। ६ जनामध्ये पराजुली सबैभन्दा बरिष्ठ न्यायधीस हुन्।

न्याय परिषदले पराजुलीसहित न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।

पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेकोबारे विवाद रहेको थियो। सोमबारको बैठकमा यसबारे पनि चर्चा भएको बताइएको छ। संवैधानिक परिषद्को अर्को बैठक असार १५ गते बस्नेछ।

Share.

Leave A Reply