play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

एकीकृत भएर उद्धार कार्यमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

0

साउन २८,
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्धार गर्न चारै वटा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीलाई बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तत्काल उद्धार कार्य तदारुकताका साथ अघि बढाउन निर्देशन गर्नुभएको हो ।
प्रधानमन्त्रीले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी सो क्षेत्रमा उच्च सतर्कता उपनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयो । बाढी पीडितको उद्धार, राहत तथा स्थानान्तरणका लागि जस्तो सुकै सहयोग गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो । बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको जानकारी गराउँदै प्रतिकुल मौसमका कारण उद्धारकार्य प्रभावकारी बन्न नसकेको बताउनुभएको थियो । प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना उद्धार कार्यमा खटिईसकेको बताउँदै सवै बिमानस्थलमा हेलिकप्टर तयारी अवस्थामा राखिएपनि खराब मौसमका कारण उद्धारमा पठाउन नसकिएको जानकारी गराउनुभएको थियो ।

Share.

Leave A Reply