उत्तर कोरियाविरुद्ध अर्को अमेरिकी चेतावनी

0

साउन २६ – अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिएका छन । परमानु हतियारको विकाशको क्रम जारी राखे उत्तर कोरियाको शासन सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने माटिसले चेतावनी दिएका छन ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण हुन सक्ने चेतावनी दिएको एक दिनपछि अमेरिकी रक्षा मन्त्रीले अर्को चेतावनी दिएका हुन । उत्तर कोरियाले भने अमेरिकी राष्ट्रपतिसँग ठोस कारण नै नभएको प्रतिक्रिया दिएको छ ।उत्तर कोरियाले आफ्नो सेनाले अगष्ट महिनाको मध्यावधीसम्ममा प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआमको ४० किलोमिटर क्षेत्रभित्र पर्ने समुद्रमा चार वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने योजना बनाइरहेको बताएको छ । त्यसअघि अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसनले उत्तर कोरियाबाट तत्कालै कुनै खतरा नभएको बताएका थिए ।अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताको भनाइमा उत्तर कोरियाको विषयमा अमेरिका एकै स्वरमा बोलिरहेको छ ।यता संयुक्त राष्ट्रसंघले तनावको कूटनीतिक समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेको छ ।

Share.

Leave A Reply