play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

इर्मा आँधीः विद्युत आपूर्ति नहुँदा फ्लोरिडामा ८ जनाको मृत्यु

0

भदौं २९ – अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ ।तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अन्य एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ ।अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply