इजिप्टमा रेल दुर्घटना हुदाँ ४१ जनाको मृत्यु

0

साउन २८ – इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल एक–आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १ सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् ।दुर्घटना तटीय शहर एलेक्जान्ड्रियामा भएको हो । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको त्यहाका सरकारी अधिकारीले बताएका छन् ।दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

Share.

Leave A Reply