play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

इजिप्टमा आईएस हमला, १८ सुरक्षाकर्मी मारिए

0

भदौन२७, इजिप्टको उत्तरी भागमा पर्ने सिनाईको दङ्गाग्रस्त शहर अल आरिशमा इस्लामिक स्टेट (आईएस)ले गरेको आक्रमणमा परी १८ जना सुरक्षाकर्मी मारिएका छन् ।

। आईएस आतंककारीहरूले सुरक्षाकर्मीको टोलीमाथि घात लगाएर आक्रमण गरेका थिए । हमलामा अन्य आठ जना घाइते बनेको समाचारमा उल्लेख छ ।

सुरक्षासँग सम्बद्ध एक सूत्रले बताएअनुसार सुरक्षाकर्मीको बख्तरबन्द गाडीलाई निशाना बनाएर सडक किनारामा एउटा बम राखिएको थियो र तीमध्ये तीनवटा गाडीमा आगो लगाइयो । यसपछि हतियारले सुसज्जित आतङ्ककारीले प्रहरीहरूलाई घेरेर उनीहरूमाथि अन्धाधुन्ध प्रहार गरेका थिए । इजिप्ट (मिस्र) को आन्तरिक मन्त्रालयले उक्त हमलाको पुष्टि गरेको छ ।

Share.

Leave A Reply