इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

0

साउन २८ । इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।प्रिमियर लिगको २६ औं सिजन शुक्रबार रातिबाट सुरु भएको हो ।घरेलु मैदानमा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ ले पराजित गरेको हो ।खेलको दोस्रो मिनेटमै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पाँचौं मिनेटमा शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए । २९ औं मिनेटमा जेमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । यद्यपि यो अग्रतालाई लेस्टरले धेरैसमय जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा खेल २–२ को बराबरीमा रोके ।५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लिएको थियो । ८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

Share.

Leave A Reply