play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० ले हरायो, म्यानयु र स्टोक सिटीको बराबरी

0

भदौ २५,
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को फराकिलो अन्तरले हराएको छ ।
सिटीको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२ गोल गर्दा सर्जियो अगुएरोले एक गोल थपे । खेलको ३७औं मिनेटमै लिभरपुलका सादियो माने रातोकार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० जनामा समेटिएको थियो ।
प्रिमियर लिगअन्तर्गत्कै अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । चेल्सीका अल्भारो मोराटा र एन्गोलो कान्तेले एक–एक गोल गर्दा लेस्टरका जेमी भार्डीले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–० ले हरायो । आर्सनलको जितमा ड्यानी वेल्बेकको २ तथा अलेक्जेन्डर लाकाजेटको एक गोल सामेल थियो ।
प्रिमियर लिगमा टोटनह्याम हट्सपरले एभर्टनलाई उसैको मैदानमा ३–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडलाई स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ ।
स्टोकको मैदानमा भएको खेलमा म्यानयुका लागि रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक–एक गोल गरे । स्टोक सिटीका चोउपो मोटिङले २ गोल गरेपछि म्यानचेस्टर युनाइटेडको शतप्रतिशत विजयी यात्रा रोकिएको हो ।
प्रिमियर लिगअन्तर्गत् गएराति भएका अरु खेलहरुमा ब्राइटनले वेस्ट ब्रोमलाई ३–१ ले हराँउदा वाट्फोर्डले साउथह्याम्पटनमाथि १–० को जित निकाल्यो ।
यी खेलहरुपछि प्रिमियर लिगको अंकतालिकामा ४ खेलबाट १०–१० अंक जोडेका म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको चेल्सीको ९ अंक छ भने ८ अंकको साथ वाट्फोर्ड चौथो स्थानमा रहेको छ ।

Share.

Leave A Reply