आज सुनचाँदीको भाउ बढ्यो

0

साउन २० – आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुईसय रुपैयाँले बढेको हो । यस्तै हिजो तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply