आज सुनको मूल्य घट्यो

0

असोज २० – तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ । अघिल्लो दिनको तुलनामा सुन आज प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply