play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

आज सुनको भाउ एकै दिन तोलामा ६ सय बढ्यो

0

भदौ २३, नेपाली बजारमा आज सुनको भाउ एकै दिन तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रति तोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ ।यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

Share.

Leave A Reply