play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

आज सम्म माग पुरा नगरे फेरि अनशन बस्ने डा. केसीको चेतावनी

0

भदौ २१ – एघाऔं पटकको अनशन तोडेको २२ दिनपछि वरिष्ठ डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाई बुधबार दिउँसो सम्मको समय दिनुभएको छ । उहाँले दिउँसो साढे ३ बजेसम्ममा यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नभए बुधबारदेखि १२ औं पटकको अनसन सुरु गर्ने चेतावनी दिनुभएको छ ।यसअघि गएको साउन ३१ गते २२ दिन अनशन बसेर अनशन तोडेका डा. केसीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने बताउनुभएको हो । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनिए पनि काठमाडौं मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै निर्णय नसच्याए १२ औं पटकको अनशन बस्ने बताउनुभयो ।चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य, नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज तथा मनमोहन मेडिकल कलेजलाई सम्बन्ध दिन नहुने भन्दै उहाँ अनशन बस्न लाग्नुभएको हो ।

Share.

Leave A Reply